'शाम्बाला' देखाउँदै सुरु हुने भयो 'निफ'

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

'Nif' starts showing 'Shambala'

काठमाडौँ — आठौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव 'निफ'को बुकिङ खुल्ला गरिएको छ । चेत ७ देखि ११ सम्म संचालनमा आउने निफमा प्रदर्शन हुने फिल्महरूको टिकटको बुकिङ खुल्ला गरिएको महोत्सव निर्देशक केपी पाठकले जानकारी दिए । 

'निफको टिकट विद्यार्थीहरूका लागि १०० रुपैयाँ, सर्वसाधारणहरूका लागि दिनभरिका चलचित्र हेर्न ४०० रुपैयाँ शुल्क लगाइएको छ,'पाठकले बताए । महोत्सवको सुरुवात 'शाम्बाला'को प्रदर्शनसँगै हुने बताइएको छ ।

महोत्सवमा ७० देशबाट प्राप्त ६०० भन्दा बढी फिल्ममध्ये ४० देशका ८७ फिल्म छनोट गरिएको छ । त्यस्तै, छनौट भएका केही फिल्म विश्व प्रतिष्ठित फिल्म महोत्सवमा छानिएकाहरु छन् । महोत्सवका फिल्महरू क्यूएफएक्सका सिभिल मल र छाया सेन्टरमा प्रदर्शन हुनेछन् । फिल्मसम्बन्धी विभिन्न अन्तरक्रिया भने नेपाल पर्यटन बोर्डमा हुनेछ । 

कान्तिपुर

Link copied successfully