मण्डलामा 'उम्लिँदो खरानी र लेम्लेम्मा'

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

'Simmering Ashes and Lemmas' in Mandala

काठमाडौँ — पशुपति राईको निर्देशनमा बनेको नाटक 'उम्लिँदो खरानी र लेम्लेम्मा' चैत ३ सम्म मञ्चन हुने भएको छ । फागुन ९ देखि मञ्चनरत यो नाटकलाई मिल्सन राईले लेखेका हुन् । नाटकका निर्माता विजय बराल हुन् । 

यो नाटकमा किरात समुदायको मिथकमा आधारित महिलाको कथा छ । मिथककी यी महिला वर्तमान समयमा हुँदो हो त के-के गर्दी हो ? नाटकको कथा यसै विषय वरपर घुमेको छ । यो नाटकमा कलाकारहरू थिन्ले ल्हामो प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय छ ।

यो नाटकलाई रंगकर्मी रोशनी स्याङ्बोले सह-निर्देशन गरेकी हुन् । 

कान्तिपुर

Link copied successfully