We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
He suddenly shouted in the middle of the road and approached the crowd on the side. He was showing off his own tune. Most of the people there looked confused. One could clearly guess the curiosity on their faces.
धनकुटा-५ तल्लोकोप्चेस्थित गणेश चोकमा सोमबार अपराह्न सर्वसाधारणको खचाखच थियो । उनीहरु सडक नाटक हेर्ने दर्शक थिए । जिल्लामा एकैपटक १३ मुलुकका ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति दिए । सडक नाटक हेर्न जिल्लामै यति ठूलो भीड पहिलोपटक भएको स्थानीयबासी बताउँछन् । सर्वनाम नाट्य समूहको संयोजनमा नाट्यकर्मीले संयुक्त रुपमा सडक नाटक प्रस्तुत गरेका हुन् ।
इन्टरनेसनल पिपुल्स थिएटर फेस्टीभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा उक्त नाटक प्रस्तुत गरिएको थियो । जसको अगुवाइ सर्वनाम नाट्य समूहका संस्थापक अशेष मल्लले गरेका थिए । शान्तिका लागि थिएटर, संस्कृतिको आदानप्रदान र दिगो भविष्य संरक्षण’ मूल नारा रहेको फेस्टिभलमा नेपालसहित जापान, भारत, बंगलादेश, चीन, थाइल्यान्ड, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स र सिङ्गापुरका ४० ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहेको थियो ।
उक्त अवसरमा भारतका नाट्य चेतनाद्वारा प्रस्तुत ‘देवी’, फिलिपिनी नाटक ‘अरोमोमाँगो’ बंगलादेशको विशेष नृत्य र अभिनय, नेपालका लिम्बु, नेवारी लगायतका नृत्यसमेत प्रस्तुत गरिएको थियो । फेस्टिभलअन्तर्गत एसियाका १३ देशका विभिन्न सहरमा २ सय बढी रंगकर्मी तथा कलाकार सहभागी भइसकेको बताइएको छ ।
यसअघि काठमाडौंमा फागुन १७ देखि पाँच दिन र त्यसपछि २३ देखि २५ गतेसम्म इटहरीमा उक्त नाटक प्रस्तुत गरिएको थियो । धनकुटामा भने एक दिन मात्र प्रस्तुत गरिएको कोप्चे पुनर्जागरण अभियानका सल्लाहाकार राजेन्द्र प्रधानले बताए । नाटकमा सहभागी हुन जिल्ला पुगेका रंगकर्मीलाई धनकुटाको सिरान बजार, माथिल्लो र तल्को कोप्चे अर्थात् ओरेन्ज सिटीमा भव्य स्वागत गरिएको थियो ।
![Painters from 13 countries in one package [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/20250310155208-1032025032753-1000x0.jpg&w=1001&h=0)
![Painters from 13 countries in one package [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/20250310145246-1032025032909-1000x0.jpg&w=1001&h=0)
![Painters from 13 countries in one package [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/20250310151011-1032025032842-1000x0.jpg&w=1001&h=0)
![Painters from 13 countries in one package [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/20250310160000-1032025032727-1000x0.jpg&w=1001&h=0)
![Painters from 13 countries in one package [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/20250310155649-1032025032702-1000x0.jpg&w=1001&h=0)