सल्लाघारी ग्राउन्डमा सुशान्त केसीको कन्सर्ट 

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Sushant KC Concert at Sallaghari Ground

काठमाडौँ — भक्तपुरको सल्लाघारी ग्राउन्डमा युवा गायक सुशान्त केसीको कन्सर्ट भइरहेको छ । कार्यक्रम सञ्चालक सन्जय सिलवाल गुप्ताले कन्सर्टको सुरु गर्दा सबैलाई फ्ल्यासलाइट देखाउनका लागि आग्रह गरे भने आयोजक साओमीकी ब्राण्ड अम्बासडर आना शर्माले सुशान्तलाई पर्खिरहेका दर्शकसँग साओमीको नयाँ फोन, साओमी अल्ट्रा फिफ्टिनबाट सेल्फी खिच्दै कन्सर्टको सुरुवात छन् । 

त्यसपछि दिउँसो २ बजेदेखि जम्मा हुन थालेका दर्शकहरूको भीडलाई केसीले आफ्ना पुराना गीतहरू 'सानो सानो कुरामा', 'तिम्रो हावाले', 'साथी'  लगायतका गीतले साँझ ६ बजेतिर झुमाउन थालेका हुन् । सुशान्तलाई 'साथी' गीत गाउन प्रवेशकुमार श्रेष्ठले पनि स्टेजमै पुगेर साथ दिए । 

कन्सर्टमा अर्का युवा गायक स्वप्न सुमनले पनि आफ्नो लोकप्रिय गीत 'नढाक न मुहार' गाएर दर्शकहरूलाई मनोरञ्जन गराएर सुशान्तका दर्शकलाई आफूतिर आकर्षित गराएका छन् । स्वप्नको गीतमा लट्ठिएका दर्शकलाई सुशान्तले त्यसलगत्तै आफ्नो गीत 'उसको एक झलक' गाएर फेरि आफ्नो बनाए । 

युवा गायकहरूलाई सुन्न कन्सर्टमा पनि युवा दर्शककै बाहुल्य देखिन्छ । दर्शकहरूले सुशान्तलाई सँगसँगै गीत गाउँदै र नाच्दै साथ दिइरहेका छन् ।

Sushant KC Concert at Sallaghari Ground

Sushant KC Concert at Sallaghari Ground

Sushant KC Concert at Sallaghari Ground

तस्बिर : दीपक केसी/कान्तिपुर

कान्तिपुर संवाददाता

Link copied successfully