काठमाडौँ — केशव पाण्डेको निर्देशनमा बनेको फिल्म '११:५५' को ट्रेलर सार्वजनिक भएको छ । हालै काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
क्राइम थ्रिलर विधाको यो फिल्मको ट्रेलरमा विवाह, प्रेम, सम्बन्ध र धोकाका दृश्य समेटिएका छन् । फिल्ममा अभिनेत्री सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, सागर खनालको अभिनय छ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले फिल्मको कथा लेखेका हुन् ।
फिल्ममा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रङ संयोजन, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको छायांकन, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन छ ।
