'राजागंज' दीपकको करिअरकै ठूलो फिल्म

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

'Rajaganj' is the biggest film of Deepak's career

काठमाडौँ — दीपक रौनियारको निर्देशनमा तयार फिल्म 'राजागंज'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानाध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी देखाइएको छ ।

अभिनेत्री आशा मगराती प्रहरीको भूमिकामा देखिएकी छन् । अभिनेता दयाहाङदेखि अभिनेत्री रिचा शर्मा, गौमाया गुरुङ, निकिता चाण्डकलगायतका कलाकार ट्रेलरमा अटाएका छन् । 

भेनिस, बुसान, ह्याम्बर्ग र मुम्बई जस्ता विश्वका प्रतिष्ठित महोत्सव पुगेको यो फिल्म  चैत १ देखि नेपाल प्रदर्शनमा आउँदैछ । निर्देशक रौनियारका लागि यो फिल्म करिअरकै लागि ठूलो फिल्म हो । 'मैले यसअघि यति ठूलो सिनेमा निर्माण गरेको थिइनँ । कलाकारसहित फिल्ममा एक हजार बढी मानिस संलग्न थिएँ,'हालै ट्रेलर सार्वजनिक गर्दै दीपकले भनेका थिए । 

कान्तिपुर

Link copied successfully