९७ औं ओस्कर अवार्ड : 'फ्लो' बन्यो उत्कृष्ट एनिमेटेड फिल्म

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

97th Oscars: 'Flow' wins Best Animated Film

काठमाडौँ — ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ ।समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्महरु घोषणा भइरहेका छन् ।

यसैक्रममा फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।

अभिनेता कीरन क्लकिनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् ।

उत्कृष्ट 'कस्टुम डिजाइन' को ओस्कर अवार्ड भने फिल्म 'विकेड'ले पाएको छ ।

कान्तिपुर

Link copied successfully