९७ औं ओस्कर अवार्ड : 'अनोरा'को वर्चस्व

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

97th Oscars: 'Anora' dominates

काठमाडौँ — ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह सोमबार लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भएका छन् ।

यसै क्रममा फिल्म 'अनोरा'ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन र उत्कृष्ट मौलिक पटकथा गरी ५ विधामा ओस्कर अवार्ड हात पारेको छ ।

मिकी मेडिसनले फिल्म 'अनोरा'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेकी छन् भने उत्कृष्ट अभिनेताको अवार्ड फिल्म 'द ब्रुटलिस्ट'बाट अभिनेता एड्रियन ब्रुडीले उचालेका छन् ।

फिल्म 'अनोरा'ले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ । उत्कृष्ट निर्देशनको अवार्ड यही फिल्मबाट निर्देशक सिन बेकरले उचालेका छन् ।

वाल्टर सेलिजको फिल्म 'आई एम स्टि हेयर'ले बेस्ट इन्टरनेसनल फिचर फिल्मको अवार्ड पाएको छ ।

फिल्म 'द ब्रुटलिस्ट' का लागि लोल क्रलीले उत्कृष्ट सिनेमाटोग्राफी पाएका छन् भने यही फिल्मले ओरिजिनल स्कोरको ओस्कर पुरस्कार पाएको छ ।

उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्मको ओस्कर अवार्ड फिल्म 'आई एम नट अ रोबोट'ले पाएको छ ।

यस्तै, उत्कृष्ट साउन्डउत्कृष्ट भिजुअल इफेक्ट्सको ओस्कर अवार्ड फिल्म 'डुन: पार्ट २' ले पाएको छ ।

उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्मको अवार्ड 'नो अदर ल्यान्ड'ले पाएको छ भने उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड 'द ओन्ली गर्ल इन द अर्केस्ट्रा'ले पाएको छ । त्यस्तै, ओरिजिनल सङको ओस्कर अवार्ड फिल्म 'इमिलिया पेरेज'को गीत 'इल मल'ले पाएको छ । 

अभिनेता कीरन क्लकिनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म 'इमिलिया पेरेज'बाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् ।

उत्कृष्ट फिल्म सम्पादनको अवार्ड फिल्म 'अनोरा'ले पाएको छ । सिन बेकरको यही फिल्मले ओरिजिनल स्क्रिनप्लेको ओस्कर अवार्ड समेत पाएको छ । 

एडाप्टेड स्क्रिनप्लेको अवार्ड भने पिटर स्ट्राउगनको फिल्म 'कनक्लेभ'ले पाएको छ ।

उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको अवार्ड फिल्म 'द सब्सटेन्स'ले पाएको छ ।

यसअघिको घोषणाबाट फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।

उत्कृष्ट प्रोडक्सन डिजाइनउत्कृष्ट कस्टुम डिजाइनको ओस्कर अवार्ड भने फिल्म 'विकेड'ले पाएको छ ।

कान्तिपुर

Link copied successfully