९७ औं ओस्कर अवार्ड : कल्किन उत्कृष्ट सहअभिनेता, साल्डाना उत्कृष्ट सहअभिनेत्री

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

97th Academy Awards: Culkin Best Supporting Actor, Saldana Best Supporting Actress

काठमाडौँ — ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्महरु घोषणा भइरहेका छन् ।

अभिनेता कीरन कल्किनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म 'इमिलिया पेरेज'बाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् ।

उत्कृष्ट फिल्म सम्पादनको अवार्ड फिल्म 'अनोरा'ले पाएको छ । सिन बेकरको फिल्म 'अनोरा'ले ओरिजिनल स्क्रिनप्लेको ओस्कर अवार्ड समेत पाएको छ । 

एडाप्टेड स्क्रिनप्लेको अवार्ड भने पिटर स्ट्राउगनको फिल्म 'कनक्लेभ'ले पाएको छ ।

उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको अवार्ड फिल्म 'द सब्सटेन्स'ले पाएको छ ।

यसअघिको घोषणाबाट फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।

उत्कृष्ट 'कस्टुम डिजाइन' को ओस्कर अवार्ड भने फिल्म 'विकेड'ले पाएको छ ।

कान्तिपुर

Link copied successfully