‘पूर्ण बहादुरको सारंगी’का निर्माताले नयाँ फिल्म बनाउँदै

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

The makers of 'Poorna Bahadur Ko Sarangi' are making a new film

काठमाडौँ — ‘पूर्ण बहादुरको सारंगी’का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ बनाउने भएका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको हो ।

फिल्म आगामी साउन २४ गते रिलिज गर्ने घोषणासमेत गरिएको छ । 

मुकेश खनालको कथा रहने फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । सेभेनसिज् प्रालिको ब्यानरमा फिल्मलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गर्नेछन् ।

फिल्ममा कलाकारको लाइनअप भने फाइनल भइसकेको छैन ।

यही निर्माण टिमले बनाएको फिल्म ‘पूर्णबहादुरको सारंगीले ७८ करोडभन्दा माथिको व्यापार गरेको थियो ।

यो फिल्मका निर्देशक सरोज पौडेलले भने नयाँ फिल्म ‘कोशेढुंगा’ निर्देशन गरिरहेका छन् । 

कान्तिपुर

Link copied successfully