२५ वर्षअघि सनी देओलले साइन गरेको ‘सिकन्दर’, जुन कहिल्यै बनेन

अहिले सलमान खानको नयाँ फिल्म ‘सिकन्दर’को चर्चा

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

'Sikander', signed by Sunny Deol 25 years ago, was never made

काठमाडौँ — अहिले सलमान खानको नयाँ फिल्म ‘सिकन्दर’बारे चर्चा भइरहेको छ । एआर मुरगादोसको निर्देशनमा बनिरहेको यो फिल्मको टिजर हालै रिलिज भयो । यो फिल्म इदमा रिलिज हुनेछ ।

‘सिकन्दर’ सलमानको करिअरका लागि महत्त्वपूर्ण फिल्म मानिएको छ । किनकि उनका पछिल्ला केही फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेका छैनन् ।

‘सिकन्दर’ नामको फिल्म २५ वर्षअघि पनि निर्माण गर्ने भनिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता सनी देओलले फिल्मका लागि साइन गरेका थिए । तर त्यो फिल्म कहिल्यै बनेन ।

त्यो फिल्म पिक्चर परफेक्ट प्रोडक्सनद्वारा बनाइँदै थियो । फिल्ममा चन्द्रचूड सिंहलाई पहिलो कास्टमा राखिएको थियो । पछि उनको ठाउँमा सनी देओल भित्रिए । 

सनी देओलको ‘सिकन्दर’ लाई सुनिल बोहराले निर्देशन गर्दै थिए । फिल्मको कथा पनि उनैले लेखिरहेका थिए । ‘सिकन्दर’ मा सनीसहित तब्बू, दीप्ति भटनागर, राहुल देव, मुकेश ऋषि र निर्मल पांडे जस्ता कलाकारको लाइनअप बनेको थियो । 

तर, यो फिल्म कहिल्यै फ्लोरमा पुगेन । प्राविधिक कारणवश फिल्म बनेन ।

तर २५ वर्षपछि यही नामको फिल्म अब रिलिजको छेकोमा छ । यसले कस्तो व्यापार गर्नेछ, त्यो भने हेर्न बाँकी छ ।

कान्तिपुर

Link copied successfully