अधिकारीका तीन गीत सार्वजनिक

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Adhikari's three songs released

काठमाडौँ — गीतकार एवम् चर्चित ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीका तीन वटा गीत एकसाथ सार्वजनिक भएका छन् । काठमाडौँमा एक कार्यक्रमकाबीच म्युजिक भिडियोसहितका दुई वटा र एउटा अडियोमा मात्रै गरी तीन वटा गीत सार्वजनिक गरिएको हो ।

‘अब अति भइसक्यो, जागौं’ (राष्ट्र भक्ति गीत) ‘आमा’ (मातृ भक्ती गीत) र ‘आउन माया आउ मेरो हात समाउ’(प्रेमिल गीत) सार्वजनिक भएका हुन् । कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, गीतकार दीपक थापा लगायत उपस्थित थिए भने उनका गीतहरूका विषयमा वरिष्ठ गीतकार बिष्णु देवकोटाले टिप्पणी गरेका थिए ।

गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद भीमार्जुन आचार्य लगायत अधिकारीका सिर्जना र सक्रियताको चर्चा गरे । लमजुङमा जन्मिएका अधिकारीले देवघाट र वनारसबाट उच्च शिक्षा लिए । उनले महार्षि विश्वविद्यालय, भोपालबाट ज्योतिष शास्त्रमा विद्यावारिधी गरेका छन् । 

कान्तिपुर

Link copied successfully