काठमाडौँ — सलमान खानको आगामी फिल्म ‘सिकन्दर’को यतिबेला चर्चा भइरहेको छ । यो फिल्ममा सलमानले कति पारिश्रमिक लिए होला त ?
भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार उनी एउटा फिल्मको १०० देखि १५० करोडसम्म पारिश्रमिक लिन्छन् ।
यद्यपि, उनले पछिल्लो वर्षदेखि प्रोफिट सेयरिङमा सम्झौता गर्दै आइरहेका छन् । सम्झौताअनुसार फिल्मको प्रदर्शन नतिजाअनुसार पारिश्रमिक तय हुन्छ । फिल्म फ्लप भएमा निश्चित रकम प्राप्त हुन्छ । यदि फिल्म हिट भयो भने मोटो रकम लिनेछन् । ‘सिकन्दर’का लागि भने उनले १ सय २० करोड पारिश्रमिक लिएको चर्चा छ ।
यो फिल्मका लागि अभिनेत्री रश्मिका मन्दानाले लिने पारिश्रमिक भने सलमानको भन्दा निकै कम छ । मन्दानाको पछिल्ला ३ फिल्मले बक्स अफिसमा राम्रो कारोबार गरे । ‘एनिमल’ले ९०० करोडभन्दा बढी कारोबार गरेको थियो । ‘पुष्पा २’ले १८७१ करोडको कारोबार गरेको थियो । ‘छावा’ले पनि ५०० करोडममाथि कमाइ गरिसकेको छ ।
रश्मिकाले ‘सिकन्दर’मा ५ करोड रुपैयाँ पारिश्रमिक लिएको बलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सन् २०२५ को इदमा यो फिल्म रिलिज हुनेछ । गत बिहीबार मात्र ‘सिकन्दर’को टिजर सार्वजनिक भएको थियो ।
