‘वरिष्ठ बलराम’मा दयाहाङ र विजय

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Dayahang and Vijay in 'Varishta Balaram'

काठमाडौँ — फिल्म ‘वरिष्ठ बलराम’मा अभिनेताद्वय दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा देखिने भएका छन् ।

फिल्म निर्माण टिमले कलाकारसँगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।

फिल्म आगमी कात्तिक ३ गते प्रदर्शन गरिने भएको छ । फिल्ममा दया र विजयसँगै पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । सुरेन्द्रको यो चौथो फिल्म हो ।

फिल्ममा महेश दवाडीको पटकथा रहेको छ । फिल्मको छायांकन एक सातापछि तराईका विभिन्न स्थानमा गरिने निर्देशक पौडेलले बताएका छन् ।

कान्तिपुर

Link copied successfully