काठमाडौँ — अभिनेता विक्की कौशलको प्रमुख भूमिका रहेको फिल्म ‘छावा’ यतिबेला चर्चामा छ । तत्कालीन मराठा सम्राट छत्रपति सम्भाजी महाराजको जीवनीमा आधारित फिल्मले इतिहाससँग सम्बन्धित रोचक जानकारी प्रस्तुत गर्दछ ।
यो फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । हालैको रिपोर्ट अनुसार, फिल्मको ११औं दिनको संकलन १५.१२ करोड भारतीय रुपैयाँ छ ।
फिल्मले घरेलू बक्स अफिसमा ३४१.८७ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । यो फिल्म ५०० करोड क्लबमा प्रवेश गर्ने सम्भावना देखिएको छ ।
‘छावा’लाई लक्ष्मण उतेकरले निर्देशन गरेका छन् । फिल्मलाई भारतको मध्यप्रदेश र गोवामा कर छुट दिइएको छ । फिल्ममा विक्की कौशल, रश्मिका मन्दाना र अक्षय खन्ना मुख्य भूमिकामा छन् ।
यो फिल्म शिवाजी सावन्तको मराठी उपन्यास ‘छावा’मा आधारित छ ।
विक्कीले आफ्नो अभिनय करिअर २०१५ बाट सुरु गरेका थिए । उनको लोकप्रियता फिल्म ‘मसान’बाट चुलिएको थियो ।
उनका फिल्महरूले बक्स अफिसमा मात्र हैनन्, समीक्षात्मक हिसाबमा पनि सफलता हासिल गरिरहेका हुन्छन् ।
