काठमाडौंमा गुञ्जँदै गुलाम अली

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Ghulam Ali buzzing in Kathmandu

काठमाडौँ — पाकिस्तानी गजलकार गुलाम अली नेपाल आउने भएका छन् । आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित प्लाजामा अलीले करिब ३ घण्टा दर्शक-श्रोतालाई मन्त्रमुग्ध बनाउनेछन् ।

‘गुलाम अली थ्री जनेरेसन अन वन स्टेज’ कार्यक्रमका लागि १३ मार्चमा गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइपुग्ने आयोजक साधना कला केन्द्रले जनाएको छ । 

अलीले ‘गाजलु ती ठूला ठूला आँखा’ लगायत ४ नेपाली गीतसहित दर्जनौं हिन्दी गीत गाउनेछन् । 

सोही कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमलाई विशेष सम्मानसमेत गरिने आयोजकले जानकारी दिएको छ । 

साधना कला केन्द्रका सञ्चालक मिलन मोक्तानका अनुसार कार्यक्रमका लागि टिकट मूल्य ५ हजारदेखि २ लाखसम्म रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully