काठमाडौँ — बलिउडका चर्चित अभिनेताद्वय सलमान खान र सञ्जय दत्तले २३ वर्षपछि स्क्रिन सेयर गर्ने भएका छन् । उनीहरूले एकसाथ हलिउड फिल्ममा काम गर्ने भएका हुन् । यी दुई अभिनेताले यसअघि थुप्रै फिल्ममा एकसाथ काम गरेका थिए ।
बलिउड सञ्चारमाध्यमका अनुसार एक अमेरिकन एक्सन थ्रिलर हलिउड फिल्ममा उनीहरूले काम गर्दैछन् ।
सलमान र सञ्जय दत्त दुवैलाई यस फिल्ममा स्पेशल अपिरियन्समा देखिनेछ । यो फिल्मको सटिङका लागि दुवैजना अहिले साउदी अरबको अलउला स्टुडियो पुगेका छन् । उनीहरू बुधबारसम्म सुटिङमा हुनेछन् । फिल्मको नाम भने अहिलेसम्म खुलाइएको छैन ।
सलमान खानको आगामी फिल्म ‘सिकंदर’ भने आगामी ईदमा प्रदर्शन हुनेछ ।
