फ्रेन्ड्सिप स्टोरी ‘तीनतारा’को छायांकन सकियो

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

The shooting of the friendship story 'Teentara' has been completed

काठमाडौँ — माउण्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा बनेको दोस्तीको कथा भन्ने फिल्म ‘तीनतारा’को छायांकन सम्पन्न भएको छ ।

‘तीनतारा’ १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथामा आधारित फिल्म हुनेछ । जीवन दाहालको डेब्यू निर्देशनमा बनेको उक्त फिल्ममा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नविन चन्द्र अर्याल, सबिन भट्टराई, भरत कार्की र सुष्मा निरौला लगायतको अभिनय देख्न पाइनेछ । 

निर्देशक दाहाल आफैंले लेखेको कथाले मित्रताको महत्त्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तनलाई सुक्ष्म रूपमा प्रस्तुत गरेको छ । अतुल आनन्दको फोटोग्राफी निर्देशन र पवन सिग्देलको छायांकनमा बनेको फिल्म ‘तीनतारा’ को  पोस्ट–प्रोडक्सनको जिम्मा आरपी प्रोडक्सन्सले लिएको छ ।  

फिल्मको छायांकन मोरङ र सुनसरीका विभिन्न स्थानमा गरिएको छ। प्रदर्शनको मिति चाँडै घोषणा गर्ने जनाउँदै टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो ।

कान्तिपुर

Link copied successfully