दंगल क्वीन सान्या मलहोत्राको 'मिसेज' चर्चामा

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Dangal Queen Sanya Malhotra's 'Mrs' is in the limelight

काठमाडौँ — सन् २०१६ को 'दंगल' बाट डेब्यू गरेकी बलिउड अभिनेत्री सान्या मलहोत्राको नयाँ फिल्म 'मिसेज' यतिबेला चर्चाको विषय बनेको छ ।

सन् २०२४ को इन्डियन फिल्म फेस्टिबल अफ मेलबर्न मा प्रिमियर भएको यो फिल्म गत हप्ता फेब्रुअरी ७ मा 'जी फाइभ' मा रिलिज भएको हो । 

'फोटोग्राफ'मा नवाजुद्दिन सिद्दिकीको अपोजिटमा देखिएकी सान्याले उक्त फिल्मबाट फिल्मफेयर बेस्ट एक्ट्रेस कृटिक्स अवार्ड समेत पाएकी थिइन् ।

दंगल, लुडो, सकुन्तला देवी, पग्लैत, लव होस्टेल, कथल, फोटोग्राफ, सामबहादुर, जवानलगायतका फिल्ममा काम गरिसकेकी उनलाई बलिउडकी भर्सटाइल अभिनेत्री भनेर चिनिन्छ । 

फिल्ममा प्राय: सशक्त महिला पात्रको भूमिकामा देखिने सान्याका फ्यानहरू पछिल्लो फिल्म 'मिसेज'मा उनको कामलाई लिएर रमाइरहेका छन् । फिल्ममा उनले हाउसवाइफ र डान्सरको भूमिका निर्वाह गरेकी छन् ।

यो फिल्म न्यु योर्क इन्डियन फिल्म फेस्टिeलमा समेत स्क्रिनिङ गरिएको थियो ।

कान्तिपुर

Link copied successfully