काठमाडौँ — 'फेरि रेशम फिलिली'को टिजर सार्वजनिक भएको छ । फागुन १४ देखि प्रदर्शनमा आउने यो फिल्मको टिजरमा अमेरिका जान गरिएको संघर्षका कथा समेटिएका छन् ।
फिल्म 'रेशम फिलिली'को सिक्वेल यो फिल्ममा अभिनेता विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता रौनक विक्रम कडेल हुन् । कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । निरोज महर्जनद्वारा निर्देशित फिल्ममा निर्देशक महर्जनकै कथा ।
