काठमाडौँ — अभिनेत्री दिव्या रायमाझी नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । दिव्या फिल्म ‘माया प्रिति’मा प्रमुख भूमिकाका लागि अनुबन्धित भएकी हुन् ।
उनको डेब्यू फिल्म ‘एक्टर: टेक वन’ अहिले हलहरूमा प्रदर्शरत छ ।
फिल्म ‘माया प्रिति’लाई अवि श्रेष्ठले निर्देशन गर्दैछन् ।‘यो फिल्म नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ,’ निर्देशक श्रेष्ठले भने ।
यो फिल्म छिट्टै छायांकनमा जाने निर्माण टिमले बताएको छ ।
दिव्या अभिनेता दिलीप रायमाझीको छोरीसमेत हुन् । यसअघि अमेरिकामा बस्दै आएकी दिव्या अहिले फिल्म करियरकै लागि नेपालमा छिन् ।
