‘वरिष्ठ बलराम’ बन्ने

माघ २३, २०८१

कान्तिपुर संवाददाता

Becoming 'Senior Balaram'

काठमाडौँ — फिल्म सम्पादक हुँदै निर्देशनमा हात हालेका सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय फिल्मका रूपमा ‘वरिष्ठ बलराम’ निर्माणको घोषणा गरेका छन् ।

महेश दवाडीको पटकथा रहने उक्त फिल्म सामाजिक कथावस्तुमा आधारित रहने बताइएको छ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहने ‘वरिष्ठ बलराम’ को छायांकन फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी रहेको निर्देशक पौडेलले बताए । 

दयाहाङ र विजयबाहेक अन्य कलाकार तथा प्राविधिक छनोटका लागि भने निर्माण पक्ष लागिरहेको छ । छायांकनमा जानुअघि नै सार्वजनिक गरिने भनिएको फिल्मको टिजरमार्फत थप कलाकारको खुलासा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्मको छायांकन तराईका विभिन्न स्थानमा गरिने उल्लेख छ । वृषभ सिद्धी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको ‘वरिष्ठ बलराम’ ले दर्शकलाई सन्देशमूलक मनोरन्जन दिने निर्देशक पौडेलको दाबी छ ।

कान्तिपुर

Link copied successfully