काठमाडौँ — आनन्द एल रायको निर्देशनमा बनेको हिन्दी फिल्म 'तेरे इश्क में' मा धनुष र कृति एकसाथ देखिने भएका छन्।
धनुषलाई लिएर रायले यसअघि पनि 'अतरंगी रे' र 'रांझणा'मा काम गरिसकेका छन्। 'तेरे इश्क में'लाई उनकै फिल्म 'रांझणा'को स्पिरिचुअल सिक्वेल पनि भनिएको छ। फिल्ममा इरशाद कामिलका गीतमा ए.आर रहमानका संगीत रहनेछन्।
एकतर्फी प्रेमको कथा भनिएको फिल्ममा कृतिले 'मुक्ति' नामको पात्र निर्वाह गरेकी छन् भने धनुषले 'शंकर' नामको पात्र निर्वाह गरेका छन्। फिल्मको टिजर सार्वजनिक भएसँगै कृतिले मुक्तिको रूपमा बोलेको काव्यिक डायलग यतिबेला चर्चाको विषय बनेको छ।
रांझणा युनिभर्सलाई निरन्तरता दिँदै बनेको यो फिल्म नोभेम्बर २८ को दिन प्रदर्शनमा आउने बताइएको छ।
