काठमाडौँ — फिल्म ‘एक्टर–टेक वानְ’लाई रिलिजको बाटो खुलेको छ । फिल्मलाई मुद्दा हाल्ने नेपाली डायस्पोरा इन्टरटेनमेन्ट र ‘एक्टर : टेक वान’का निर्माताहरूबीच सहमति भएसँगै रिलिजको बाटो खुलेको हो ।
बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म प्रदर्शन तत्कालका लागि रोक्न जिल्ला अदालत काठमाडौँले मंगलबार आदेश जारी गरेको थियो ।
डायस्परा इन्टरटेनमेन्टले चलचित्र विकास बोर्ड र फिल्म निर्माता दुई कम्पनीविरुद्ध फिल्मको नाम मिलेको भन्दै मुद्दा दायर गरेको थियो ।
निर्माण कम्पनीले एक विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शनका लागि बिहीबारबाट बाटो खुलेको जानकारी दियो ।
राजन भूसालले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव लगायतका कलाकारको प्रमुख भूमिका छ ।
