काठमाडौँ — ९० को दशकका सुपरस्टार हुन् अभिनेता गोविन्दा । गोविन्दलाई अक्टोबर २०२४ मा गल्तीले आफ्नै खुट्टामा गोली लागेको थियो ।
महिनौंपछि, उनकी पत्नी सुनिता आहूजाले यस घटनाबारे खुलासा गरिन् । उनले घटनाबारे कुरा गर्दै भनिन्, ‘म मुम्बईमा थिएँ । बिहान मेरो ड्राइभरले मलाई फोन गरेर भने– साहबलाई गोली लागेको छ ।’
सुनिताले ड्राइभरलाई भनिन्, ‘लाग्यो कि कसैले हानेको हो ?’
'रिभल्वर खसेर लाग्यो,’ ड्राइभरले भने । त्यसपछि गोविन्दाले सुनितालाई फोन गर्दै भने, 'गोली लाग्यो ।'
सुनिताले भनिन्, 'तिमीले आफूलाई मारेको त होइन?' ‘मलाई डर थियो, म आत्तिएँ भने उनलाई हार्टअट्याक पनि हुनसक्छ । त्यसपछि मैले टीनालाई फोन गरेँ । अनि अस्पताल लैजान भनेँ,’ उनले सुनाइन् ।
गोविन्दा त्यसपछि अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दाले पत्रकारसम्मेलन गर्दै घटनाबारे विस्तृत रूपमा बताए ।
यसबारे फिल्म क्षेत्रमा हिजोआज पनि चर्चा भइरहन्छ ।
