काठमाडौँ — फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक गरिएको टिजरमा फिल्ममा सुन तस्करी र डोल्पाको कथा समेटिएको छ
वैदेशिक रोजगारमा गएर कफिनमा फर्किनेहरूको कथातिर पनि टिजरले संकेत गरेको छ । टिजरमा दुर्गम गाउँको कथालाई विशेष फोकस गरिएको छ ।
टिजरबाट सीताराम कट्टेल नेगेटिभ चरित्रमा छन् भन्ने अनुमान लगाउन सकिन्छ । यो फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो ।
फिल्ममा कुमार कट्टेलको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा सीतारामसँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।
फिल्म फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ । फिल्मलाई सुदीप बरालले छायांकन गरेका छन् ।
