'सारंग' माघ २५ देखि हलमा

माघ १७, २०८१

कान्तिपुर संवाददाता

'Sarang' in theaters from January 25

काठमाडौँ — बाल मनोविज्ञानमा आधारित फिल्म 'सारंग' माघ २५ देखि प्रदर्शनमा आउने भएको छ । बदलिँदो नेपाली समाजमा बाबु-आमाबीचको मतभेदले बच्चामा पर्ने प्रभाव, बालसंगीबीचको प्रेम र बाल मित्रताको समर्पणलाई फिल्मको विषयवस्तु बनाइएको छ । 

प्रशान्त तामाङले निर्देशन गरेको यो फिल्ममा दुई बाल कलाकार सम्राट थापा र आदित्य कार्कीको प्रमुख भूमिका छ । अभिनेत्री ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठको अभिनय पनि फिल्ममा देख्न सकिन्छ ।

हालै निर्माण टिमले काठमाडौंमा फिल्मको प्रिमियरसमेत गरेको थियो । दर्शन बुद्ध फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुन् ।

पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माता रहेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । फिल्मको वितरण स्टेशन ५ ले गर्ने बताइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully