काठमाडौँ — बलिउड निर्देशक तथा निर्माता करण जोहरलेधेरै स्टार किड्सलाई फिल्मी दुनियाँमा प्रवेश गराइसकेका छन् ।
अब, उनले फेरि एक नयाँ कलाकारलाई डेब्यु गराउन लागेका छन् । यस पटक करण जोहरले अभिनेता सैफ अली खान र उनकी पूर्वपत्नी अमृता सिंहका छोरा इब्राहिम अली खानलाई आगामी फिल्ममार्फत बलिउडमा प्रवेश गराउँदैछन् ।
करण जोहरले सामाजिक सञ्जालमा इब्राहिमको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिए । करण जौहरले इब्राहिमको अभिनय क्षमताप्रति विश्वास व्यक्त गर्दै फिल्ममा उनलाई डेब्यु गराउन लागेको बताए ।
‘म दर्शकलाई नयाँ प्रतिभासँग परिचित गराउन आतुर छु । इब्राहिम अली खान चाँडै नै स्क्रिनमा देखिनेछन्,’ उनले लेखेका छन् ।
