काठमाडौँ — गायिका डुवा लिपा र अभिनेता क्यालम टर्नरको प्रेम सम्बन्धमा रहेको एक वर्ष बित्यो । यो जोडी कहिले इन्गेजमेन्टको चर्चामा रहन्छ त कहिले कुन विषयले ।
अहिले यी दुई आइफेल टावरमा गरेको जोडी नृत्यले चर्चामा छन् । अहिले सामाजिक सञ्जालमा उनी दुई सँगसँगै नाच्दै गरेको, झुम्दै गरेको भिडियो चर्चामा छ ।
पेरिसको आइफेल टावरमा फिल्मको दृश्यमा झैं दुई सँगै रमाइरहेका देखिन्छन्, भिडियोमा उनी दुई निस्फिक्री सामान्य मानिसहरु झैं रमिरहेका देखिन्छन् । दुईले त्यहाँ गरेको नृत्य र चुम्बनका दृश्यहरुले उनीहरुका फ्यान चकित छन् ।
सामाजिक सञ्जालमा उनीहरुको फ्यानको खुशी देख्न सकिन्छ । केहीले लेखिरहेका छन्,'उनीहरुसँगै कति सुन्दर देखिन्छन्' । कोहीले लेखेका छन्,'यो त ठ्याक्कै फिल्मको दृश्यजस्तै छ' ।
गत वर्षदेखि नै यी दुई प्रेम सम्बन्धमा रहेको चर्चा अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गर्दै आइरहेका थिए । त्यसयता दुई जना संगीतको अवार्ड ग्रामीदेखि छुट्टी मनाउन सँगै पुगेका खबरहरू चर्चामा छन् ।
