काठमाडौँ — शाहरुख खान मुम्बईको बान्द्रास्थित 'मन्नत' महलमा आफ्नो परिवारसँग बस्छन् । त्यहाँ उनको विलासी घर छ । शाहरुखको मन्नत पहिलो घर भने होइन ।
शाहरुख र गौरी विवाहपछि मुम्बई पुगेको बेला उनीहरू साथीको फ्ल्याटमा बस्थे । त्यतिबेला उनीहरू आफ्ना लागि घर खोज्दै थिए ।
उनीहरूले बान्द्राको कार्टररोड स्थित 'श्री अमृत' नामक बिल्डिङको ७औँ तलामा ३-बीएचके फ्ल्याट देखे । शाहरुखलाई यो फ्ल्याट अत्यधिक मन पर्यो ।
त्यतिबेला यो फ्ल्याटको मूल्य ४० लाख रुपैयाँ थियो। शाहरुखले यो घर किन्न फिल्म ‘गुड्डू’ का प्रोड्यूसरबाट ४० लाख रुपैयाँ मागे । प्रोड्युसरले पनि उनलाई रकम उपलब्ध गराए । त्यसपछि शाहरुखले यो रकमबाट आफ्नो पहिलो घर मुम्बईमा किने ।
यस घरसँग राजेश खन्नासँगको विशेष कनेक्सन पनि थियो । शाहरुखले यो फ्ल्याट राजेश खन्नाका मामा ए के तलवारसँग किनेका थिए । शाहरुखले १९९५ मा यो फ्ल्याट किनेर नयाँ दिनको सुरुवात गरे ।
फेरि २००१ मा, शाहरुखले मन्नतको घर किनेर त्यसलाई नयाँ स्वरुप दिए । अहिले यो धरैका लागि मनमोहक ‘बंगला’ हो । शाहरुखका लागि ‘श्री अमृत’ फ्ल्याट पुराना सम्झना र संघर्षका दिनहरूको प्रतीक हो । यस घरमा उनले आफनो करियरको पहिलो अफिस पनि स्थापना गरेका थिए । आज यो फ्ल्याट उनको जीवनको एक अमूल्य हिस्सा बनेको छ । यो उनको जीवनको एक ‘लकी च्याम्बर’को रूपमा रहेको छ।
