'पूर्णबहादुरको सारङ्गी २' बन्ने

माघ १४, २०८१

कान्तिपुर संवाददाता

To become 'Poorna Bahadur's Sarangi 2'

काठमाडौँ — 'पूर्णबहादुरको सारङ्गी'को सिक्वेल बन्ने घोषणा भएको छ । फिल्मको ८८ औं दिनको सेलेब्रेसन कार्यक्रममा निर्माण टिमले 'पूर्णबहादुरको सारङ्गी २' निर्माण गर्ने घोषणा गरेको हो । 

निर्माण कम्पनी सेभेन सिजले सर्वाधिक कमाइ गरेको यो फिल्मको सिक्वेलसँगै अर्को नयाँ फिल्म निर्माण गर्ने पनि घोषणा गरेको छ । निर्माण टिमले एकै दिन दुई फिल्म निर्माणको घोषणा गर्दै  'पूर्णबहादुरको सारङ्गी'को सिक्वेलसँगै 'रोल नम्बर १' बनाउने पनि सार्वजनिक गरेको हो । 

'पूर्णबहादुरको सारंगी २'लाई २०८३ मा प्रदर्शनमा ल्याउने तयारी छ । टिमले २०८२ भित्र 'रोल नम्बर १' हलमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ । जौन योञ्जनले यो फिल्मलाई निर्देशन गर्दैछन् भने विनोद पौडेलले निर्माण गर्दैछन् । यसअघि योञ्जनले 'आँखा' बनाएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully