'इमरजेन्सी'लगत्तै नयाँ फिल्ममा कंगना

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Kangana in a new film after 'Emergency'

काठमाडौँ — लोक सभा सांसद एवं अभिनेत्री कंगना रनावतले नयाँ फिल्मको छायांकन थालेकी छन् । 'इमरजेन्सी' प्रदर्शनको भोलिपल्टै रनावतले आफूले दोस्रो फिल्मको छायांकन थालेको जानकारी गराएकी हुन् । 

'तन्नु वेड्स मन्नु'को अभिनेता आर माधवनसँग कंगनाले नयाँ फिल्म गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । 'इमरजेन्सी'मा अभिनेत्री रनावतले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा अभिनय गरेकी छन् । रनावतको आफ्नै लेखन र निर्देशनमा फिल्म बनेको हो । विजयले निर्देशन गर्ने रनावतको यो नयाँ फिल्मलाई आर रवीन्द्रनले निर्माण गर्नेछन् ।

आर माधवनसँग रनावतले यसअघि सन् २०११ को 'तन्नु वेड्स मन्नु'मा अभिनय गरेकी थिइन् । सन् २०१५ मा यो फिल्मको सिक्वेलसमेत बनेको थियो । उनी दुई अभिनित फिल्मको नाम भने अझै सार्वजनिक गरिसकेको छैन । 

कान्तिपुर संवाददाता

Link copied successfully