तीन वर्षअघिको त्यो थप्पड !

माघ १३, २०८१

कान्तिपुर संवाददाता

That slap three years ago!

काठमाडौँ — तीन वर्षअघि अस्कर अवार्डको मञ्चमा अचम्मको घटना भयो । त्यो स्टेज, उक्त घटना हलिउड अभिनेता विल स्मिथको अभिनय करिअरका खराब सावित भयो । अभिनेता स्मिथ अझै पनि कमेडियन क्रिस रकसँगसको उक्त घटनाप्रति नसुल्झिएका भावसँग जुधिरहेझैं देखिन्छन् । 

'किङ रिचर्ड'बाट उत्कृष्ट अभिनेताको अवार्ड जितिरहँदा त्यतिबेला स्मिथले कार्यक्रम प्रस्तोता रकलाई स्टेजमै गएर झापड हानेका थिए । पत्नी जाडा पिंकेटबारे ठट्टा गर्दा सहन नसकी स्मिथले उनीमाथि हात उठाए । एलोपेसिया (कपाल झर्ने रोग)सँग जुधिरहेकी पत्नीको उक्त अवस्थामाथि नै ठट्टा गर्दा स्मिथले सहन सकेनन् र थप्पड हानिदिए । त्यतिबेला स्मिथले पाएको अवार्ड नै छायाँमा पर्ने गरी उनको यो व्यवहारको आलोचना भयो । र, अस्कर आयोजना गर्दै आइरहेको एकेडेमीले आगामी १० वर्षसम्म अवार्ड र आयोजकका अन्य कार्यक्रममा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यसयता उनका हातबाट केही फिल्महरु खोसिएका पनि छन् । 

हालै ओके म्यागाजिनमा स्मिथ स्रोतले अझै पनि उनी कमेडियनप्रति क्षमाशिल नभएको जनाएका छन् । आफ्नो अभिनय करिअर र जीवन नै तहसनहस गरिदिएका कमेडियनको ठट्टाप्रति आफू अझै पनि क्षमा दिन मनसायमा नभएको कुरा बाहिर आएको छ । 'उहाँ अझै पनि क्रिसलाई घृणा गर्नुहुन्छ,'हालै स्मिथ निकट  स्रोतले भनेको छ ।

यद्यपि क्रिसले पनि स्मिथलाई क्षमा गर्ने मुडमा देखिन्नन् । त्यतिबेला अवार्डपछि सार्वजनिक भएका भिडियोमा उक्त घट्नाप्रति  स्मिथले माफिसमेत मागेको देखिन्थ्यो । उनले पनि उक्त थप्पड र अस्कर मञ्चलाई अहिलेसम्म भुल्न सकेका छैनन् ।

कान्तिपुर संवाददाता

Link copied successfully