दीपक बज्रचार्यको ब्याण्ड कालिम्पोङमा गुन्जँदै

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Deepak Bajracharya's band resounding in Kalimpong

काठमाडौँ — गायक दीपक बज्रचार्य र उनको रिदम ब्याण्ड भारत पश्चिम बंगालको कालिम्पोङमा गुन्जँदैछ । कालिम्पोङ नगरपालिकाको आयोजनामा ३ दिन चल्ने 'कालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५'मा माघ १६ गते यो ब्यान्डले सांगीतिक प्रस्तुति दिने भएको हो । 

झन्डै तीन दशकदेखि नेपाली संगीतमा योगदान दिँदै आएको गायक बज्राचार्य बहुचर्चित गीत ‘मनमगन’ पछि यस्तै कन्सर्टहरुमा व्यस्त हुन थालेका छन् । त्यसैले हरेक कन्सर्टमा दर्शकले दीपकबाट यो गीतको माग गर्ने गर्छन् ।

यो पटक कालिम्पोङमा उनी आफ्ना चर्चित गीतहरुमा प्रस्तुति दिँदै गर्दा दर्शकले यो गीतको माग गर्ने पक्का छ । उनको समूहले नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाचका साथै अन्य मौलिक, परम्परागत संस्कृति झल्कने छलिया नाच, झाँक्री नाच पनि समावेश गर्दै नेपाली संगीतको साथमा कला र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्दै आइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully