अक्षय कुमारको ‘स्काई फोर्स’ले गर्‍यो सुखद् व्यापार

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Akshay Kumar's 'Sky Force' did good business

काठमाडौँ — अक्षय कुमारका अघिल्ला फिल्महरूले लगातार घाटा व्यहोरिरहेका थिए । यसपटक उनी स्टारर फिल्मको व्यापारलाई लिएर दर्शकहरूको चासो थियो ।

अक्षय कुमारका अघिल्ला फिल्महरूले लगातार घाटा व्यहोरिरहेका थिए । यसपटक उनी स्टारर फिल्मको व्यापारलाई लिएर दर्शकहरूको चासो थियो । उनी स्टारर फिल्म ‘स्काई फोर्स’ले यतिबेला बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ ।

२४ जनवरीमा रिलिज गरिएको फिल्मले पहिलो दिनमा १५.३० करोड रुपैयाँ कमाइ गर्‍यो । फिल्मले दोस्रो दिन २६.३० करोड कमाइ गरेको थियो । तेस्रो दिन फिल्मले १७.७८ करोड रुपैयाँ कमाएको छ । फिल्मको अहिलेसम्मको कुल आम्दानी ५९.३८ करोड रुपैयाँ पुगेको छ । तीन दिनमा ५० करोडमाथिको व्यापार गर्नु भारतीय फिल्म उद्योगमा सुखद् मानिन्छ ।

फिल्मको बजेट करिब १६० करोड रुपैयाँ छ । फिल्ममा अक्षय कुमार र वीर पहाड़िया लगायत सारा अली खान र डायना पेंटीले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully