प्रदीप खड्का अभिनित 'एक्टर: टेक वान' भने माघ १६ देखि प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — अभिनेता प्रदीप खड्काले पछिल्लो समय पाउको उपनाम हो, सुपरस्टार । नेपाली फिल्म क्षेत्रमा कलाकारहरुलाई उपनाम दिनु, नौलो होइन । कहिले कसलाई मेगास्टार त कहिले कसलाई महानायिकाको उपनाम दिइरहेकै हुन्छन् ।
तर, अभिनेता प्रदीप खड्का आफूलाई सुपरस्टार मान्दैनन् । उनी दर्शकले मायाले दिने उपनामहरू स्वीकार्छन् पनि । तर, उनी आफूलाई सुपरस्टारभन्दा पनि 'एक्टर'का रूपमा चिन्न चाहन्छन् । 'म एक्टरकै रूपमा चिनिन चाहन्छु,'प्रदीपले भने । प्रदीप अहिले 'एक्टर' शीर्षककै फिल्ममार्फत फेरि दर्शकबीच फर्कँदैछन् । कसैले कुनै उपमा दिइहाले उनी भन्ने गर्छन्,'म एक्टर प्रदीप हुँ ।' केही समयअघि 'प्रकाश' फिल्ममा अभिनय गर्दा पनि प्रदीपले आफू एक्टरका चिनिन चाएको इच्छा प्रकट गरेका थिए ।
उनी अभिनित 'एक्टर: टेक वान' भने माघ १६ देखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनीसँगै अभिनेत्री आना शर्मा र दीव्या रायमाझीको अभिनय छ । यो फिल्ममा एक पात्रले चर्चित बन्नका लागि अभिनयको बाटो समाएको कथा प्रस्तुत गरिएको छ । अभिनेता प्रदीप फिल्मको यो कथाले पहिचानको खोजीमा भएकाहरूलाई समेट्ने धारणा राख्छन् ।
फिल्म कस्तो बनेको छ ? त्यसमा प्रदीपले कस्तो अभिनय गरे होलान् ? भन्ने बुझ्न भने फिल्म नै हेर्नुपर्ने हुन्छ ।
