फेब्रुअरीमा ५ फिल्म रिलिज गर्दै नेटफ्लिक्स

माघ ८, २०८१

कान्तिपुर संवाददाता

Netflix releasing 5 movies in February

काठमाडौँ — ‍‍ओटीटी नेटफ्लिक्सले आगामी फेब्रुअरीमा कमेडी, रोमान्टिक कमेडी र थ्रिलर जनराका फिल्महरू राख्ने भएको छ । कमेडी जनरामा 'काइन्ड: प्रेगनेन्ट', 'डेथ बिफो द वेडिङ' र 'हनिमुन क्र्यासर' रिलिज हुँदैछ ।

रोमान्टिक कमेडीतर्फ 'ला डोल्स विल्ला' र 'लव फरेभर' रिलिज हुने भएका हुन् । यस्तै, थ्रिलरतर्फ 'डेमन सिटी' नामको रिभेन्ज थ्रिलर र 'स्क्वाड ३६' नामको क्राइम थ्रिलर रिलिज हुँदैछ । 

टाइलर स्पिन्डर निर्देशित ड्रामा फिल्म 'काइन्ड: प्रेगनेन्ट' फेब्रुअरी ५ मा रिलिज हुँदैछ । त्यसको सात दिनपछि फेब्रुअरी १२ मा 'डेथ बिफोर द वेडिङ' रिलिज हुँदैछ । फेब्रुअरी १२ मै निकोला कुकको 'हनिमुन क्र्यासर' पनि नेटफ्लिक्समा आउने भएको छ । 

यसैगरी, आउँदै गरेको 'भ्यालेन्टाइन्स डे'लाई लक्ष्य गर्दै नेटफ्लिक्सले फेब्रुअरी १३ मा रोम कोम ड्रामा 'ला डोल्स विल्ला' र फेब्रुअरी १४ मा 'लव फरेभर' ल्याउने भएको हो । 

महिनाको अन्ततिर अर्थात् फेब्रुअरी २७ मा सेजी तनाकाको रिभेन्ज थ्रिलर 'डेमन सिटी' र फेब्रुअरी २८ मा ओलिभर मार्कलको क्राइम थ्रिलर 'स्क्वाड ३६' रिलिज हुने भएको छ ।

कान्तिपुर

Link copied successfully