सल्लाघारीमा गुञ्जिदै सुशान्त केसी

माघ ७, २०८१

कान्तिपुर संवाददाता

Sushant KC buzzing in advice

काठमाडौँ — गायक सुशान्त केसीले फागुन २४ मा भक्तपुरको सल्लाघारीस्थित चौरमा सांगीतिक प्रस्तुति दिँदैछन् । करिव साढे २ वर्षपछि सुशान्तले देशभित्र 'सुशान्त केसी लाइभ इन नेपाल'मार्फत प्रस्तुति दिन लागेका हुन् ।

'दर्शकसँग आँखामा हेरेर प्रस्तुति दिन एकदमै मज्जा आउँछ । त्यसैले म यसपटक दर्शकको आँखैमा हेरेर प्रस्तुति दिन उत्साहित छु,' सुशान्तले पत्रकार सम्मेलनमा भने । यो कार्यक्रमलाई धेरै अगाडिदेखि आयोजना गर्ने सोेचेको र त्यसै अनुसार तयारी थालिएको पनि सुशान्तले बताए । 

यो कार्यक्रममा १५ हजार दर्शकको अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ । सन् २०२४ मा स्पोटिफाइमा धेरै सुनिएको गीत सार्वजनिक गरेका सुशान्तले २०१६ देखि संगीत थालेका हुन् । सुशान्तका 'बार्दली', 'सारङ्गी', 'पर्खन', 'झ्यालबाट', 'रिसाउने भए' र 'आमा'लगायतका गीत चर्चित छन्।  सुशान्तले परिवारसहित यो कार्यक्रममा सहभागी हुन दर्शकलाई अनुरोध गरेका छन् । 

सुशान्तले कार्यक्रमबीच नै नयाँ गीत सार्वजनिक गर्ने तयारी छ । यसकेसी इन्क र द रोयल नेपाल इभेन्ट्सले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गर्दैछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully