'शाम्बाला' फेरि हलमा

माघ ६, २०८१

कान्तिपुर संवाददाता

'Shambala' in theaters again

काठमाडौँ — मीन भाम निर्देशित फिल्म 'शाम्बाला' फेरि सिनेमाघरमा प्रदर्शन हुने भएको छ । हलबाट निकालेको करिब ३ महिनापछि यो फिल्म माघ ६ देखि चाबहिलस्थित एफक्युब हलमा प्रदर्शनमा आएको छ । एफक्युबले फिल्मलाई एक सो दिएको छ । 

भदौ २८ देखि प्रदर्शनमा आएको यो फिल्म क्यूएफएक्समा पनि प्रदर्शन हुने तय भएको छ । निर्देशक भामका अनुसार ३० प्रतिशत अकुपेन्सी हुँदासम्म हलमा 'शाम्बाला' देखाइनेछ ।

'वितरक एप्पल इन्टरटेन्टमेन्टसँग मेरो कुरा भए अनुसार ३० प्रतिशत अकुपेन्सी भएसम्म यो फिल्म हलमा प्रदर्शन गर्ने तयारी छ,'निर्देशक भामले भने । भाम निर्देशित यो फिल्म विश्व प्रतिष्ठित फिल्म फेस्टिभल 'बर्लिन'को प्रमुख प्रतिस्पर्धातर्फ छनौट हुने पहिलो नेपाली फिल्म हो । फिल्ममागर्भवति पत्नीले आफ्नो पतिको खोजिका लागि गर्ने एउटा यात्रा देखाइएको छ ।

फिल्ममा अभिनेत्री थिन्ले ल्हामो, सोनम तोप्दैन, कर्मालगायतको अभिनय छ । यही फिल्मबाट अभिनेत्री थिन्लेले लोकार्नो फिल्म महोत्सवमा अवार्ड उचालेकी थिइन् ।

कान्तिपुर

Link copied successfully