‘निफ’मा ६० देशका ८७ वटा फिल्म देखाइने

माघ २, २०८१

कान्तिपुर संवाददाता

87 films from 60 countries will be screened at NIF

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौं संस्करणमा यसपटक ४० देशका ६ सय ८७ फिल्म छनोटमा परेका छन् । फेस्टिभलमा फिल्म ‘बुलबुल’का निर्देशक विनोद पौडेल निर्देशित नयाँ फिल्म ‘भूठान’ पनि प्रदर्शन हुनेछ । 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने फेस्टिभलमा ७० देशबाट प्राप्त ६०० भन्दा धेरै फिल्मबाट ८७ फिल्म छानिएका हुन् । आगामी मार्च २० देखि २४ सम्म हुने फेस्टिभलमा यसपटक एआईको सहायताले बनेका फिल्महरू पनि प्रतिस्पर्धामा राखिएका छन् । फिल्महरू क्यूएफएक्स सिनेमाका सिभिल मल  र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् । फेस्टिभलमा फिल्मसम्बन्धी सेसन पनि सञ्चालन हुनेछन् ।

आयोजकका अनुसार फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully