काठमाडौँ — फिल्म नगरीमा सँधै अस्करको मनोनयनसँगै अवार्डहरुको सिजन सुरु हुन्छ । यो सिजनको पहिलो अवार्ड गोल्डेन ग्लोबबाट सुरु भएको छ ।
'द ब्रुटलिस्ट'ले ग्लोबमा ७ विधामा मनोनित हुँदै ३ महत्त्वपूर्ण अवार्ड जितेको छ । यही फिल्मबाट कलाकार एड्रियन ब्रोडीले ड्रामातर्फ उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा निर्देशक ब्रेडी कोर्बेटले निर्देशनतर्फ अवार्ड जित्यो । यही फिल्म नै गोल्डेन ग्लोबमा उत्कृष्ट ड्रामा घोषणा भयो ।
यो वर्ष अस्करदेखि ग्लोबमै पनि सबैभन्दा बढी मनोनयनमा परेको फिल्म 'इमिलिया परेज'ले चार अवार्ड मात्रै घर लैजान सफल भएको छ । ग्लोबको १० मनोनयनमा कब्जा जमाएको यो फिल्मले नन-इंग्लिश, सह-अभिनेत्री र ओरिजिनल गीत, म्युजिकल र कमेडी विधामा अवार्ड प्राप्त गरेको हो ।
टेलिभिजनको विधातर्फ मनोनित 'सोघन'ले चार वटै विधामा अवार्ड जितेको छ । फरनान्डा टोरेसले 'आइएम स्टिल हियर'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा 'च्यालेन्जर्स'ले ओरिजिनल स्कोर जित्यो । त्यस्तै, डेमी मोरले 'द सब्स्ट्यान्स'बाट पहिलो पटक गोल्डेन ग्लोब जितिन् । त्यस्तै कार्यक्रममा एनिमेडेटतर्फ 'फ्लो', बक्स अफिस अचिभमेन्टमा 'विक्ड', उत्कृष्ट पटकथामा 'कनक्लेभ'ले अवार्ड जित्यो ।
