'ममी'को गीतमा प्रियंका र दिया

पुस २२, २०८१

कान्तिपुर संवाददाता

Priyanka and Diya in 'Mummy' song

काठमाडौँ — समर निरौलाको डेब्यू निर्देशकीय फिल्म 'ममी'को पहिलो गीत सार्वजनिक भएको छ । एसडी योगीको संगीतमा निर्माण टिमले 'म त यसै नक्कली' बोलको गीत सार्वजनिक गरेको हो ।

हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङको एरेञ्जमा तयार भएको यो गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको छ । गीतमा फिल्मका प्रमुख कलाकार प्रियंका कार्की र दिया मास्के देखिएका छन् । 

हरर फ्यामिली ड्रामा विधामा आधारित यो फिल्म माघ २५ देखि प्रदर्शनमा आउँदैछ । फिल्ममा प्रियंका र दियासँगै कलाकारहरू सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई समर निरौला र पूर्णिमा जोशीले लेखेका हुन् । 'ममी'को छायाकन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको छ । यो फिल्मको वितरण काफिया फिल्म्स र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । 

कान्तिपुर

Link copied successfully