'एक जोर जुत्ता'माथि लघु फिल्म

पुस २२, २०८१

कान्तिपुर संवाददाता

A short film on 'Ek Jor Jutta'

काठमाडौँ — माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश 'एक जोर जुत्ता' कथामा लघु फिल्म बनेको छ । महेश विक्रम शाहद्वारा लिखित कथामाथि मोहन अभिलाषीले फिल्म निर्देशन गरेका हुन् । 

यो फिल्ममा श्रमिका लुइँटेल, सुरज पराजुली, रामबाबु रेग्मी, गीताश्री थापा, समिरा थापा, सितास्मा खड्का, सहदेव बस्नेत र राजु कारंजितको अभिनय छ । ऐना आर्टसको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई नारायण जिसीले खिचेका हुन् । 

अभिलाषीले यसअघि 'भाउ', 'घुर्रा', 'पाउलो', 'द स्कूल वाल' बनाएका थिए । यी फिल्महरु विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमासमेत सहभागी भएको थियो । अहिले उनी फिचर फिल्मको तयारीमा छन् । 

कान्तिपुर

Link copied successfully