माघमा 'जुनाः एक व्यथा'

पुस २१, २०८१

कान्तिपुर संवाददाता

'Juna: Ek Byatha' in Magh

काठमाडौँ — बाल विवाह निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म 'जुनाः एक व्यथा'को पोस्टर सार्वजनिक भएको छ । माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको हो ।

पोस्टरमा फिल्मका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताल देखिएका छन् । फिल्मको यो पोस्टरलाई राकेश दाहालले डिजाइन गरेका हुन् । फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

नेपाली समाजमा व्याप्त महिला हिंसा, बालविवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडीजस्ता कुप्रथालाई अन्त्य गर्ने उद्देश्यले यो फिल्म बनाइएको निर्माण टिमको दाबी छ । 

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । जीवन सेन्चुरीले निर्देशन गरेको यो फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतले हेरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully