आयो ‘शिरफूले माया’

पुस २१, २०८१

कान्तिपुर संवाददाता

Come ”Shirfule Love”

काठमाडौँ — युवराज चौलागाईं र अनुश्का पाठकको स्वरमा रहेको गीत ‘शिरफूले माया’ सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत तथा रचना रहेको गीत लोक तथा आधुनिक लयमा आधारित प्रेमगीत हो ।

यसको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । ‘पहिलो पटक टिपिकल लोक स्वादको गीत गाएको हुँ,’ पार्श्व गायनमा स्थापित चौलागाईंले भने ।

भिडियोमा गायक चौलागाईं र गायिका पाठकसहित अन्जली अधिकारी, विजय पुन, प्रभात पल ठकुरी सुशीला थापाले अभिनय गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ ।

कान्तिपुर

Link copied successfully