'पूजा सर : राजागन्ज'को नयाँ पोस्टर

पुस १८, २०८१

कान्तिपुर संवाददाता

New poster of 'Pooja Sir: Rajaganj'

काठमाडौँ — दीपक रौनियार निर्देशित फिल्म 'पूजा सर : राजागन्ज'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्ममा प्रमुख चार कलाकारसहितको पोस्टर सार्वजनिक गरेको हो ।

अभिनेता दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक पोस्टरमा देखिएका छन् । चैत १ देखि नेपाल प्रदर्शनको तयारीमा रहेको यो फिल्म यसअघि भेनिस र बुसानजस्ता चर्चित फिल्म महोत्सवहरुमा छनौट भएको थियो । 

पुलिस थ्रिलर विधाको यो फिल्मलाई निर्देशक रामबाबु गुरुङले निर्माण गरेका हुन् ।

निर्देशक रौनियारले यसअघि 'सेतो सुर्य' र 'हाइवे' निर्देशन गरेका थिए । 'सेतो सुर्य'लाई त विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलोले प्रशंसा गरेका थिए ।

फिल्ममा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय छ । 

कान्तिपुर संवाददाता

Link copied successfully