‘ब्याटल भूमि’ अडिसन

पुस १७, २०८१

कान्तिपुर संवाददाता

'Battle Bhumi' Audition

काठमाडौँ — ‘नेपहपको श्रीपेच–२’ पछि यसको निर्माण टिमले नयाँ र्‍याप ब्याटलका रूपमा ‘ब्याटल भूमि’ को डिजिटल अडिसन थालेको छ । मंगलबार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने बताइएको ‘ब्याटल भूमि’मा सहभागी हुनका लागि प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने सर्त राखिएको छ । प्राप्त अडिसनमध्ये उत्कृष्ट ६४ प्रतियोगी चयन गर्दै जज राउन्डका लागि लगिने बताइएको छ । यसका विजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

निर्माता सुदीप पोखरेलले नेपाली समाजमा र्‍याप र हिपहपको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै यो कार्यक्रमको सुरुवात गरिएको बताए । ‘ब्याटल भूमि’ शोका निर्देशक विक्रम खनाल रहनेछन् । साथै ‘नेपहपको श्रीपेच–२’ का उत्कृष्ट प्रतियोगी मनीष ढकाल ‘मेक’ले ब्याटल सञ्चालनको जिम्मा पाएका छन् । दामी मिडियाको प्रस्तुति रहेको यस ब्याटलको डिजिटल अडिसन पुस २६ सम्म खुला रहने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully