डोटेल र पाण्डेको स्वरमा ‘तिमी छौं र पो म छु’

पुस १६, २०८१

कान्तिपुर संवाददाता

In the voice of Dotel and Pandey, 'You are and Po I am'

काठमाडौँ — लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी छौं र पो म छु’ बोलको गीत 'अनिश पाण्डे' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा गायकद्वयले प्रेमसँगै मनमा तरंगीत भावनाहरू पोखेका छन् ।

शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । गीत बेलायतका राजधानी लण्डनस्थित स्टानवेल स्टुडियोमा इञ्जिनियर मदन रेन माडीले रेकर्ड गरेका हुन् ।

गीतको भिडियोमा गायकद्वय डोटेल र पाण्डेले अभिनय गरेका छन् । बेलायतका ह्विटबाई अबे, माम टर,  डनकास्टर लगायतका स्थानमा खिचिएको भिडियोमा मोडल निशु पौडेलको पनि अभिनय छ । सुमन श्रेष्ठको छायांकन तथा निर्देशन रहेको भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका हुन् । 

गायक डोटेलका 'सानुमाया...', ‘बनकी चरी...’, 'मेरो माया तिम्रो लागी...', लगायतका गीत चर्चित छन् । गायक डोटेलले 'तिमी छौ र पो म छु' मधुर शैलीको गीत भएको बताउँछन् । 'युगल गायन रहेको गीत बेलायत बसाइका क्रममा जन्मिएको उत्कृष्ट सिर्जना हो,' उनले भने । 

गायक पाण्डेले भने यसअघि अञ्जु पन्त लगायत विभिन्न चर्चित गायक-गायिकासँगको सहकार्यमा ‘सुस्टारी’ लगायतका गीत बजारमा ल्याइसकेका छन् । 

कान्तिपुर

Link copied successfully