गीतकार तामाङको ‘धेरै गर्व गर्‍यौँ हामीले’ गीत सार्वजनिक

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Songwriter Tamang's song 'Dherei Gardeon Maina' was released

काठमाडौँ — गीतकार दिलकुमार तामाङको नयाँ गीत ‘धेरै गर्व गर्‍यौँ हामीले’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

निजामती सेवामा कार्यरत तामाङले आफ्नै युट्युब च्यानल दिल्स् क्रियसनबाट शनिबार उक्तव स्वदेश गीत सार्वजनिक गरेका हुन् । गायक राजेशपायल राई र नेपाल आइडलबाट उदाएकी गायिका ममता गुरुङको स्वर रहेको उक्त गीतमा  ख्यातीप्राप्त संगीतकार दीपक शर्माले संगीत भरेका छन् । 

गीतमार्फत तामाङले नेपालीहरू इतिहास र वीरताको गर्व र आत्मरतिमा असाध्यै रमाउने गरेका तर वीरतापूर्ण इतिहासको जगमा देशको पहिचानलाई विश्व मञ्चमा अझैमाथि उठाउन मिहिनेत र इमानको कमी रहेको सन्देश दिन खोजेको बताए । 

पाँचथरमा जन्मिएका गीतकार तामाङले यसअघि ‘पूर्वै पाँचथर’ बोलको गीत सार्वजनिक गरेका थिए । उनी हाल गृह मन्त्रालयका सूचना अधिकारीको रूपमा कार्यरत छन् ।

कान्तिपुर

Link copied successfully