‘श्री बुकुरो : द होम कलिङ’ को टिजर सार्वजनिक

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Teaser of 'Sri Bukuro: The Home Calling' released

काठमाडौँ — सुदीप भूपाल सिंहको निर्देशन रहेको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को टिजर सार्वजनिक भएको छ । मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु हुने फिल्मको टिजरमा सिनेमाका मुख्य दुई पात्र लक्ष्मी गिरी र आशीर्वाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ ।

फिल्मको सार्वजनिक टिजरमा ग्रामीण परिवेशको कथा उठाएको देखिन्छ । फिल्मले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक टिजरबाट बुझिन्छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायतको अभिनय छ ।

पारिवारिक कथामा निर्माण भएको सिनेमामा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । निर्माण टिमका अनुसार सञ्जय लामा र राजेश श्रेष्ठद्वारा सिनेमाको मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully